तोङबा डायरी

on Monday, March 23, 2009


साझ पर्न लागेको थियो । हल्का हल्का पानी परीरहेको थियो। विस कदम अगाडि बढाएर म एउटा भट्टिमा छिरे। दिदी एउटा तोङवा दिनुन? ओ हो! नबिन भाई तोङवा खाने सुरसारमा देखिन्छौ के जागर चल्यो आज। साच्चिकै हो तोङवा लगाएर दिउ? ति शब्द सुन्दा मलाई उकुस्मुकुस जस्तो महसुस भएको थियो ।

धेरै समय लगभग छ महिना पछी पानी परेको थियो । यो समय गाउ घरमा मकै अन्न वाली छर्ने समय पनि हो। अधिकाश नेपालीहरु कृषि मा निर्भर हुने यस् देशमा चहिने बेलामा पानी नपर्दा आफुलाई पनि कता कता यसले छुदो रहेछ। मैले पनि यसैलाई बाहाना बनाएको थिए।

पसले हुन एक तमाङ थरकी दिदी जस्लाई स्कुले जिबनमा चिनेको थिए। मेरो साथीको दिदी भएको नाताले। उनी साचिकै सुन्दर छिन । मलाई सुन्दरताको मापदन्ड बारेमा ज्ञान छैन तर उहा सच्चा नागरिकको रुपमा लिएकी छु।

थर्मसमा तातो पानी लगाएर मेरो अगाडि ल भाई भनेर छाडी दिनुभयो। यो पसल मा प्रायजसो हुल्का हुल तोङबा खाने मान्छेहरु आउने गरेको देख्थे। त्यसदिन कोही पनि थिएनन टेबलभरी म एक्लो थिए। धेरै पछी तोङबा तान्दा टाउको दुख्ला जस्तो भएको थियो

तोङबा खान चाँही आफुलाई एक्ले ढेडुकै काइदा ठीक लाग्छ । खाएपछी एक्लै रमाउने बानी छ। एक पटक को कुर हो मेरो साथी लाई भाग्य चिट्टा भन्छन क्यार परेछ। अमेरिका जाने बेलामा खाउ भनेका रहेछन। दुई चार जना साथी मिलेर खाइयो झरल पदार्थ। यो खाए पछी कसैलाई बेइमान हुदो हो क्यार साथी हरु सँग रमाइलो गर्न बसेको त दु:ख पाइयो घरघरमा पुर्यौने अवस्थामा थिए।

त्यस पछी तोङबाको पनि खासै ठीक लागेन मलाई चाँही पिएपछी हल्ला खल्ला गर्न अलिक उचित लाग्दैन। त्यसो गरौ भने कुन्ताको सानो चिउसे आँखा देख्न गार्हो बल्ल पन्ध्र मिनेट पछी एक हुल छिरे। उनीहरु सबै जना सँगै काम गर्ने रहेछन। तोङबा सबैले एक एक भिरे। घर बनाउने काम गर्दा रहेछन कुरा सुन्दा रमाइलो भने साच्ची उनिहरुले गर्न जानेका रहेछन ।

म पनि एक कुनामा बसेर उनिहरुको कुरा सुनेर खुलेर हास्न मन लाग्थ्यो। कुनै बेला कुनै ठाउमा ठाटिएका मान्छेहरु हेर्दा राम्रा कती सजकताका अपनाएर खाएका असहज लाग्ने यहाँ भने केही छैन तर छुटै आनन्द।
यस्तै यस्तै तोङबा पिउदा का ।
कुनै दिन तोङबा खाईएछ भने फेरी ब्लग जिन्दाबाद !

2 comments:

Binod said...

nabin malai timro dairy dharai man lago k ho aaj kal pani jadai chaw ki k ho

Anonymous said...

Buu, abismarandiya..shachchai miiitho diary rahechha. arko page ko pani asha chha.ra subha din rahoss

Post a Comment